|

कालिकोट : जिल्ला अस्पताल कालिकोटबाट आइतबार हेलिकप्टर चार्टर गरेर प्रसुतीका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएकी तिला गुफा नगरपालिका ११ कि हरिशोभा सुनारको मृत्यु भएको छ। अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत् उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो।

सुनारले आइतबार बिहान छोरी जन्माएपछि अत्यधिक रक्तश्राव भएपछि स्वास्थ्यकर्मी र स्थानीयले ५ प्वाइन्ट रगत दान गरेका डा. प्रकाश जिसीले बताए। ५ प्वाइन्ट रगत चढाए पनि रक्तश्राव हुन नरोकिएपछि रेफर गर्नुपरेको जिसीले बताए। रक्तश्रावले बिरामी भएकी सुनारको अहिलेको छोरीसमेत गरी ९ जना छोराछोरी जन्माएको पति दाने विकले सुनाए। यो भन्दा पहिला ५ वटा छोरी जिवित भए पनि ४ वटा जन्मिँदै मरिसकेका थिए।

बिरामी हरिशोभा सुनारलाई अक्सिजन चढाएर जिल्ला अस्पतालदेखि एम्बुलेन्समा पञ्चदेवल माविसम्म हेलिकोप्टरमा राखेर नेपालगञ्ज लगिएको थियो। उनलाई नेपालगञ्ज पुर्‍याए लगत्तै भेरी अञ्चल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो। सुनारको आइतबार राति नै ज्यान गएको जिल्ला अस्पताल कालिकोटका सिनियर अहेब कटक महतले बताए।

जिल्ला अस्पताल कालिकोटले सुत्केरी आमाको ज्यान बचाउन क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई खबर गरेको थियो। खबर पुग्दासाथ हुम्लाबाट नाइन एनए केभीको माउन्टेन हेलिकोप्टर पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.