|

सिन्धुपाल्चोक : आफूलाई राष्ट्रिय अनुसन्धान विभागको कर्मचारी र नेपाल प्रहरीको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुली गर्ने एक युवक पक्राउ परेका छन्।

कालिकोट सान्नित्रिवेणी गाउँपालिका ६ का २२ वर्षीय नेत्रराज धामीलाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित बीच सडकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

आफूलाई कहिले राष्ट्रिय अनुसन्धानको कर्मचारी तथा कहिले नेपाल प्रहरीको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुल गरी हिडिरहेको भन्ने प्राप्त सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसी श्याम अधिकारीले जानकारी दिए। 

पक्राउ गरी धामीलाई कानुन बमोजिम मुद्दा दर्ता गरी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.