|

बागलुङ : पश्चिम बागलुङको बडिगाड नदी किनारमा एक महिलाको शव फेला परेको छ। बडिगाड गाउँपालिका २ खारापानी नजिकै बगरमा अन्दाजी ३०, ३५ बर्षको जस्तो देखिने महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

खर्बाङ बजार र खारापानीको बीचमा पर्ने ठाउँमा शव देखिको खर्बाङ प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए। ‘नदीको विच बागरमा शव देखिएको छ,’ बानियाँले भने, ‘पानी दुवैतिर छुट्टिएर उच्च बाहावमा  बगेकाले तत्काल निकाल्न सकिएको छैन।’

उनले वेबारिसे शव भेटिएकाले कतै कोही हराएको हुनसक्ने भन्दै सबैतिर खबर गरिएको बताए। शव निकालिएपछि घटनाबारे थप अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.