|

कालिकोट : वर्षातका कारणले कर्णाली राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध बनेको छ। वर्षातले राजमार्गका धेरै ठाउँमा पहिरो खसेका कारणले राजमार्ग अवरुद्ध बनेको हो। दुई दिनदेखिको लगातार वर्षाका कारण कर्णाली राजमार्गको गुरास गाउँपालिका-२ स्याउले बजारनजिकै पहिरोले बाटो पुरेपछि कर्णाली राजमार्गका सम्पूर्ण यातायात ठप्प भएको छ भने दैलेखको आठबिस नगरपालिकाका सियालामा पनि पहिरो गएको र कालिकोट तिलागुफा नगरपालिकाको बिहानीखोलामा पनि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.