|

गोरखा : उत्तरी गोरखाको चुमनुब्रीमा झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखालाबाट चुमनुब्री–६ चुम्चेत एक बालकको मृत्यु भएको छ।

विगत दुई सातादेखि गाउँमा झाडापखलाको प्रकोप फैलिएको स्थानीय सेराप गुरुङले जानकारी दिए। ‘गाउँमा झाडापखला फैलिएको १५ दिनजति भइसक्यो,’ सेरापले भने, ‘हरेक घरमा कोही न कोही झाडापखलाले थलिएका छन्।’ 

स्थानीयमा रिंगाटा लाग्ने, बान्ता हुने लगातार दिसापिसाब लाग्नेजस्ता समस्या देखिएको उनले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदार पराजुलीले पनि १ वर्षका बालकको झाडापखलाकै कारणले ज्यान गएको जानकारी आएको बताए।

त्यहाँको स्थानीय स्वाथ्यचौकीका कर्मचारीहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला जनास्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.