|

काभ्रे : धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले आइतबार नगरसभाको कार्यक्रम सार्वजनिक गर्दै ‘एक घर दुई रुख’ रोप्ने नीति पेस गरेका छन्। श्रेष्ठले धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रममा सो नीति लिइने बताएका हुन्।

सो अवसरमा उनले नगरभित्रका ४ फिटभन्दा अग्ला भूकम्पीय दृष्टिले जोखिमयुक्त पर्खालहरु एवं कच्चा किसिमको निर्माण भएका पर्खालहरुलाई भत्काउन लगाइने समेत नीतिमा समावेश गरेको छ।

उनले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नै सूर्यविनायकदेखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण कार्य अविलम्ब अगाडि बढाउन पहल गरिने र त्यससँगै हाल साँगा भञ्ज्याङसम्म सेवा दिइरहेको साझा यातायातलाई धुलिखेलसम्म सेवा सञ्चालन गर्न आग्रह गरी सहज रुपमा रुट पर्मिट जारी हुने तथा सहज रुपमा सेवा दिने वातावरण मिलाइने समेत नीति तथा कार्यक्रममा समेटेको छ।

उनले सो अवसरमा नगरको बजेट समानीकरण अनुदान १७ करोड २२ लाख तथा सर्शत अनुदान १२ करोड ९० लाख प्राप्त भएको नीति, कार्यक्रम तथा बजेट भाषणमा उल्लेख गरिएको छ। जसमध्ये लक्षित वर्गको लागि छुटयाइएको बजेट कार्यान्वयन गर्नका लागि सोही अनुरुपको परिषद्‍ गठन गर्ने नीति लिएको समेत उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • एक घर दुइ रूख मात्र किन नि, पाँच रूख भएपिन हुन्थ्याे नि