|

ओखलढुंगा : ओखलढुंगाको लिखु, दूधकोसी र सुनकोसी नदी आसपासका बासिन्दाहरु वर्षा सुरु भएसँगै धमिलो पानी खान बाध्य भएका छन्। नदी आसपासका तल्लो भेगका स्थानीयले वर्षातको मौसम सुरु भएसँगै नदीमा भल बाढीका कारण धमिलो पानी खान बाध्य भएका हुन्।

वर्षा सुरु भएपछि जेठ महिनादेखि नदीहरुमा भल आउने भएकाले स्थानीयहरु धमिलो पानी खान बाध्य भएका हुन्। त्यस आसपासका लिखु, चम्पादेवी, मानेभञ्याङ्ग, चिसंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका स्थानीय खनेपानीको मुहान नहुँदा नदीमा भर पर्नुपर्ने बाध्यता रहेको छ। 'वर्षात सुरु हुनसाथ  नदीमा धमिलो पानी आउने भएकाले त्यही पानी खानुभन्दा अरु विकल्प नभएको सुनकोसी गाँउपालिका वडा नं ४ का स्थानीय दुर्योधन राईले बताए।'

यहाँकका स्थानीयहरुलाई खानेपानीको अरु विकल्प छैन। 'खानेपानीको मुहान भए पनि आफ्नो लगानीले पनि नभ्याउने र राज्यले पनि नहेरेका कारण आफूहरु धमिलो पानी खान बाध्य हुनुपरेको पलापुका वीरबहादुर मगरले बताए।'

यस विषयमा स्रोत र साधनले भ्याएसम्म र पानीको मुहान भेटिएसम्म जिल्लाका हरेक परिवारलाई खानेपानी समस्याबाट मुक्त गराउने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय आोखलढुंगाका प्रमुख इन्जिनियर कमलराज श्रेष्ठले बताए। ओखलढुंगाका अधिकांश गाँउका स्थानीय हिउँदको समय सुरु हुँदा पानीको मुहान सुकेर पानीको हाहाकार भोग्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.