मनोरञ्जन

चित्रमा समृद्ध नेपाल देखाउँदै कलाकार
SHARES

असार २६, २०७४

    काठमाडौँः समृद्ध देशको सपनालाई क्यानभासमा कलात्मक रूपमा प्रस्तुत गरेका चित्रको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

    त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पस भोटाहिटी र राष्ट्रिय योजना आयोगको सहकार्यमा पाँच दिने कला प्रदर्शनी आइतबारदेखि सुरु भएको हो। ‘विकासका लागि चित्रकला निर्माण र प्रदर्शनी’ नाम दिइएको सो कला प्रदर्शनीको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा गरेका हुन्।

    प्रदर्शनीमा सहभागी ११ जना नेपालका अग्रज कलाकारलाई सो अवसरमा सम्मानसमेत गरिएको थियो।

    कलाले मानिसलाई सचेत र ऊर्जाशील बनाउन मद्दत गर्ने आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बताए। उनले कलाले देशको विकास र समृद्धिमा बाटो देखाउन सक्नुपर्नेमा जोड दिँदै समृद्ध नेपालको परिकल्पनालाई कलाले समेट्नुपर्ने उल्लेख गरे।

    प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कलाले नेपाललाई विश्वमा चिनाउन सकेको बताउँदै भनिन्, ‘समाजलाई अगाडि बढाउन र विकासमा सहयोग पु¥याउन कलाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रको विकासमा राष्ट्रिय योजना आयोगले काम गर्नुपर्ने बेला आएको छ।’

    प्रदर्शनीमा नेपाली कलामा काँचुली फेर्ने कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको कलाकार तथा लेखक मदन चित्रकारले जानकारी दिए। उनले भने, ‘यस प्रदर्शनीमार्फत् राज्यले कलाकारलाई समेट्न खोजेको छ।’

    नेपालका कलाकारले नेपालकै समृद्धिको सपनालाई पूरा गराउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीको थियो।

    नेपालको विकासप्रतिको कलाकारको दृष्टिकोण कलामार्फत् अभिव्यक्त गर्नु प्रदर्शनीको प्रमुख उद्देश्य रहेको ललितकला क्याम्पसका प्रमुख रमेश पोखरेलले बताए। उनले कलामार्फत् सर्वसाधारणलाई नेपालको विकास र सांस्कृतिक वैभवप्रति सचेत गराउनु यसको उद्देश्य रहेको प्रष्ट पारे।

    प्रदर्शनीमा उत्तम नेपाली, मदन चित्रकार, रागिनी उपाध्याय, हरिप्रसाद शर्मा, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, शशिकला तिवारी, शशि शाह, किरण मानन्धर, रतनकुमार राई र विपीन घिमिरे सहभागी छन्।

    प्रदर्शनीमा ललितकला क्याम्पसका आकाश बुढामगर, बसुन राई, बिजेन्द्र श्रेष्ठ, बुद्धकुमार बि.क., दिनेश थापा, हरेराम यादव, जेनी नकर्मी, कलादेवी लिम्बु, निरोज बडे, प्रदीप पल साउद, राजु गिरी, सनबहादुर गुरुङ, सपना सुब्बा, सुचिन श्रेष्ठ, सुदन श्रेष्ठ, उर्मिला महर्जन, किरण गुरुङ, माधव पौडेल, दिनेश्वर महतो र नन्दकुमार श्रेष्ठ सहभागी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]