|

कलकत्ता : बलिउडकी चर्चित अभिनेत्री सुमिता सन्यालको ७१ वर्षको उमेरमा निधन भएको छ। राजेश खन्ना र अमिनाभ बच्चनले अभिनय गरेको फिल्म ‘आनन्द’बाट भारतीय फिल्म उद्योग बलिउडमा चर्चामा पुगेकी सुमिताको हृदयघातका कारण निधन भएको आजतकले लेखेको छ।

कलकत्तामा बस्दै आएकी सुमिताको आइतबार निधन भएको हो। ‘आनन्द’मा अभिताभ बच्चनकी प्रेमीकाको भूमिकाबाट चर्चामा आएकी सुमिताले सञ्जीव कुमारले सन् १९६८ मा निर्देशन गरेको फिल्म ‘आशिर्वाद’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

सन् १९४५ मा दार्जिलिङमा जन्मिएकी सुमिताले ‘आनन्द’का अलवा, ‘गुड्डी’, ‘मेरे अपने’ ‘सगीना महातो’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्। उनले ३० भन्दा बढी बंगाली भाषाका फिल्ममा अभिनय गरेकी थिइन्।

सुस्मिताको निधनमा शोक जनाउँदै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले लेखेकी छन्, ‘दिग्गज अभिनेत्री सुमिता सन्यालको निधनले दुःखी बनेकी छु। उनका परिवार, मित्रहरु र प्रशंसकप्रति मेरो समवेदना छ।’

सुमिताले फिल्म सम्पादक सुबोध रायसँग विवाह गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.