|

गुल्मी : बागलुङको पश्चिम बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङबजार नजिकैको बागलुङ –गुल्मीको सिमानामा पर्ने  बडिगाड नदी किनारमा बेवारिसे शव फेला परेको छ। सोमबार खोला किनारमा शव भेटिएको हो।

स्थानीयले नदीमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।  अनुसन्धानको लागि बागलुङ इलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको टोलीले खोलाबाट शव निकालेको थियो ।

शवलाई प्रहरीले पोष्टमाडको लागी बाग्लुङ्गको हटिया लगिएको प्रहरीले जनाएको छ। अर्धवैंसे महिलाको शव हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.