|

सुनसरी : दोस्रो चरणको निर्वाचन अन्तरगत इटहरी उपमहानगरपालिकाको निर्वाचनमा सहभागि भएका २६६ जना उम्मेदवारको जमानत जफत भएको छ। नगरप्रमुखका लागि प्रतिस्पर्धामा रहेका १५ जनामध्ये कांग्रेस र एमालेबाहेक बाँकी सबैको जमानत जफत भएको छ।

जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार एमाले र कांग्रेस बाहेक सबै दल तथा स्वतन्त्र रुपमा प्रमुखको उम्मेदवार बनेकाहरुको जमानत जफत भएको हो।

जमानत जफत हुने इटहरीका प्रमुख पदका उम्मेदवारहरुमा नेकपा माओवादी केन्द्रका हरीमाया जिमी(३३६४ मत) मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको अरुण चौधरी(१४३७ मत), नेपाल परिवार दलकी सीतादेवी ढकाल (८४ मत), संघीय समाजवादी फोरम नेपालका देवी प्रसाद खनाल (३७० मत), राष्ट्रिय जनमोर्चाका बालकृष्ण सुवेदी (३६ मत), खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल मचिन्द्र राई (८५ मत), संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च इन्द्र बहादुर कन्दङ्वा (४१६ मत), राष्ट्रिय प्रजातन्त्र पार्टी रोहित बहादुर कार्की (३७१५ मत), चुरेभावर लोकतान्त्रिक पार्टी रामप्रसाद सुवेदी (८ मत) रहेका छन्।

स्वतन्त्र तर्फबाट साझा पार्टीकी उम्मेदवार भएकी तारादेवी काफ्ले (१८१ मत), पदमबहादुर योन्जन (१२४ मत), पानालाल चौधरी (२२ मत) र विरबहादुर काफ्लेले ६ मत पाएका छन्। उनीहरुको पनि जमानत जफ भएको छ। इटहरी उपमहानगरपालिकामा कुल सदर मत ५२ हजार ५२२ रहेको छ।

यसैगरी  उपप्रमुखमा पनि कांग्रेस–एमाले बाहेकका दलहरुको जमानत जफत भएको छ। जमानत जफत हुनेहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपीमाया लिम्बुले ४२८ मत प्राप्त गरेका छन्। यसैगरी चुरेभावरका रुजा घिमिरे (० मत), संघीय समाजवादी युमुना गुरागाई (४२८ मत), फोरम लोकतान्त्रिककी सावित्रा चौधरी (१७२४ मत), खम्बुवान राष्ट्रिय मोर्चा भद्राकुमारी राई (८७ मत), माओवादी केन्द्र भीमप्रसाद सुवेदी (४८३१ मत), नेपाल परिवार दल (१६८ मत), राष्ट्रिय प्रजातन्त्र पार्टी माया रायमाझी (३९१९ मत) को जमानत जफत भएको छ। स्वतन्त्रतर्फ नारायण दाहाल (१३ मत), प्रकाश चन्द्र दर्जी (१७१ मत), कमला खतिवडा (९१ मत) र शोभावती कुमारी चौधरी(११ मत) को पनि जमानत जफत भएको छ।

यसैगरी वडाध्यक्ष सहित विभिन्न वडा सदस्यमा माओवादी केन्द्रका ६० जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। त्यसैगरी राप्रपाको ५०, फोरम लोकतान्त्रिकको ३३, संघीय समाजवादी फोरमको १७, राष्ट्रिय जनमार्चाका ५, नेपाल परिवार दलको २० जना र नयाँशक्ति नेपालको ९ जना साथै अन्यको गरी जम्मा २६६ जना उम्मेदवारको जमानत जफत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.