|

श्रीनगर : जम्मू कश्मीरको अनन्तनाग जिल्लामा सोमबार राती भएको आतंककारी हमालामा ७ जनाको मृत्य भएको छ। घटनामा १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

आतंककारीहरुले बंटिगू इलाकामा रहेका प्रहरीमाथि सबैभन्दा पहिले निशाना साँधेका थिए। त्यसपछि उनीहरुले अमरनाथ यात्रामा निस्किएका श्रद्धालूहरुको बसलाई ताकेर फायरिङ गरेको समाचारमा उल्लेख छ। 

साँझ भारतीय समयअनुसार ८ बजेर २० मिनेटमा भको हमलामा घाइते भएकाहरुको उपचार हुँदैछ। यस घटनापछि सुरक्षाकर्मीहरुले यस इलाकालाई नियन्त्रणमा लिएका छन्। 

हमला भएको बस गुजरातबाट तिर्थयात्रुहरु बोकेर अमरथानतर्फ निस्किएको थियो। जून २९ देखि सुरु भएको अमरनाथ यात्रा ४० दिनसम्म चल्नेछ। यसक्रममा यात्रुहरु जम्मूबाट बालटालको बाटो हुँदै अमरनाथ गुफासम्म जान्छन्।

यस वर्ष २ लाख ३० हजार भक्तजनहरु यस यात्रामा निस्किएका छन्। पछिल्लो समय जम्मू–कश्मीरमा सुरक्षा प्रशासनले कफ्र्यू लगाएको छ। जसका कारण १० दिनदेखि विद्यालयहरु बन्द छन् भने सर्वसाधारणले आकस्मिक काममा बाहेक बाहिर निस्कन पाएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.