|

  • मिलन विक

पाल्पा : पाल्पामा एकाबिहानै बम विस्फोट भएको छ। तानसेनको भगवतीटोलस्थित गणेश मन्दिरनजिकै प्रेसर कुकर बम विस्फोट भएको हो। विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बिहान करिब ४ बजे विस्फोटको ठूलो आवाज आएपछि स्थानीय त्रसित बनेका छन्। विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ।

यद्यपी विस्फोट स्थलनजिक पर्चा/पम्प्लेट वा संलग्नको पहिचान खुल्ने कुनै कागजात भेटिएको छैन। घटनाको जिम्मेवारी पनि यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन।

विस्फोटपछि तानसेनमा बन्दको प्रभाव परेको छ।

गएराति छिमेकी जिल्ला रुपन्देहीको बुटवलमा पनि बम विस्फोट भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.