|

रूपन्देही : सोमबार राति ९ बजेर २५ मिनेटमा बुटवलको मिलनचोकनजिकै विस्फोटको ठूलो आवाज आयो। तत्काल प्रहरीले विस्फोट भएको क्षेत्रको अवलोकन गरे पनि रातको समय भएकाले केही फेला नपरेको बतायो। ‘आवाज त आएको हो, तर हामीले विस्फोट भएको भनिएको ठाउँमा शंकास्पद केही फेला पारेनौं’–इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मुकुन्द मरासिनीले भने। 

नेत्रविक्रम चन्दनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न माग गर्दै मंगलबार बन्द आह्वान गरेकाले उसैले बम विस्फोट गराएको हुनसक्ने आंशका गरिएको छ। तर पार्टीका रूपन्देही इन्चार्ज शरद वलीले बम विस्फोटमा आफूहरूको संलग्नता नरहेको बताए। उनले भने, ‘बन्द आह्वान गरेका हौं, तर बम पड्काउने कुनै योजना थिएन र छैन।’ 

इलाका प्रशासन कार्यालय, राजस्व अनुसन्धानको कार्यालय, यातायात व्यवस्था कार्यालय र 'हेभी इक्युपमेन्ट'को कार्यालयअगाडि सडकनजिकै भएको विस्फोटबारे प्रहरीले प्रष्ट जानकारी नदिँदा स्थानीय बासिन्दा त्रसित छन्। 

यसैगरी आज बिहानै पाल्पामा तानसेनको भगवतीटोलमा प्रेसर कुकर बम विस्फोट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.