|

  • मिलन विक

पाल्पा : अरुण खोलाले बगाएर खोलाको बीच भागमा अलपत्र परेका एक बालकको पन्ध्र घण्टापछि उद्धार गरिएको छ। पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गोठडाँडाका १० वर्षीय बालक रजिन सुनारीलाई खोलाको बीचबाट उद्धार गरिएको हो।

सोमबार दिउँसो ३ बजे पौडी खेल्न गएका सुनारीलाई एक्कासि पानीको बहाव बढेपछि खोलाले बगाएको थियो। करिब २०० मिटर बगाएपछि उनी खोलाको बीच भागमा थुप्रिएको ढुंगाको सानो टापुमा अड्किएका थिए।

आफन्तहरुले खोलावारिबाट उनलाई देखेका थिए, तर बाढी कम नभएपछि तत्काल उद्धार गर्न सकिएन। निरन्तरको प्रयासपछि मंगलबार बिहान ६ बजे ती बालकको सकुशल उद्धार गरिएको स्थानीय धनबहादुर ठाडाले जानकारी दिए। प्रहरी र स्थानीयको पहलमा उनको उद्धार गरिएको हो। बालकले सुरुमा इसारा गरेर गुहार मागेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.