|

उदयपुर : अपरिचित समूहले गएराति त्रियुगा नगरपालिका–४ सालघारीस्थित क्रिमसन बोर्डिङ स्कुलको को.१.ख.५०४० नम्बरको बसमा आगजनी गरेको छ।

विद्यालयको हाताभित्रै बसमा आगजानी भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक देवीप्रसाद फागले जानकारी दिए। बसमा आगजानी गर्नुअघि उक्त समूहले विद्यालयको गेट र भित्र रहेकोे बिजुलीको बल्ब झिकेर अँध्यारो बनाएको सञ्चालक सुमन चौधरीले बताए। ‘होस्टलमा रहेका विद्यार्थी पढाइ सकेर सुत्न लाग्दा अचानक गाडीमा आगोलागी भएको देखेपछि हल्लाखल्ला गरी स्थानीयको सहयोगमा आगो निभाइएको हो’, उनले भने।

आफूसँगै कसैको रिसिइवी नभएको र पछिल्लो समय कसैले पनि चन्दा नमागेको सञ्चालक चौधरीले बताए। नेत्रविक्रम चन्दनेतृत्वको नेकपाले आह्वान गरेको बन्दको अघिल्लो दिन बसमा आगजानी भएको हो। सो पार्टीका कार्यकर्ताले नै आगजानी गरेको हो भन्ने अवस्था नरहेको र छानबिन जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक फागुले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.