|

लहान : सहकारी डिभिजन कार्यालय लहानमा चालु आर्थिक वर्ष २०७३/७४ मा दर्ता गरी कुनै कारोबार नगरेका १२ वटा सहकारी संस्था खारेज भएका छन्।

कार्यालयले दर्ता भएर लामो समयसम्म कुनै कारोबार नगर्ने सिरहा र सप्तरीका गरी १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको हो। संस्था दर्ता गरेको १० वर्षभन्दा बढी समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै कार्यालयले सिरहाका ५ र सप्तरीका ७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको जनाएको छ।

सिरहा र सप्तरीका सहकारीहरुलाई डिभिजन सहकारी कार्यालय लहानले नै नियमन गर्दै आएको छ।

चालु आवमा सिरहामा ५८ र सप्तरीमा ५९ वटा नयाँ सहकारी संस्था दर्ता भएको कार्यालयका सूचना अधिकारी प्रकाश योङहाङले बताए। यससँगै सिरहामा सहकारी संस्थाको संख्या ६ सय ७७ पुगेको छ भने सप्तरीमा ७ सय २८ वटा पुगेको छ।

अघिल्लो आर्थिक वर्षमा पनि सिरहाका १० र सप्तरीका १६ वटा गरी २६ वटा सहकारी संस्थाको दर्ता खारेज भएको थियो। दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार गरेको नदेखिएकाले ती सहकारीको दर्ता खारेज गरिएको कार्यालय प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.