|

कास्की : पोखरा लेखनाथ महानगरपालिको चंखपुरस्थित हर्पन खोलामा माछा मार्न गएका दुई युवा हराएपछि उनीहरुको खोजीमा गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ।

हराइरहेका मध्ये पोखरा लेखनाथ- ३ नदीपुरका ललित पुन भेटिएपछि उनलाई निकाल्न गएका प्रहरी जवान पर्वत घर भई हाल पश्चिम सशस्त्र प्रहरी गण पोखरामा कार्यरत बलबहादुर कुँवर डुबेका थिए।

कुँवरलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्। पोखराबाट ७ जनाको समूह माछा मार्न गएकोमा खोलाले बगाएर सोमबार दुई जना बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.