दूधकोसीमा राफ्टिङ तथा कोटगढी डाँडामा प्याराग्लाइडिङ सम्मका योजना

|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगामा २२ वर्षीय गंगा बहादुर श्रेष्ठ जिल्लाकै कान्छो उमेरका वडा अध्यक्ष बनेका छन्। चिसंखुगढी गाउँपालिका वडा नं ३ बाट असार १४ को स्थानीय तह निर्वाचनमा जितेर उनी वडा अध्यक्ष बनेका हुन्।

आोखलढुंगाको साविकको दियाले गाविसमा बुबा मानबहादुर श्रेष्ठ र आमा तीर्थलक्ष्मी श्रेष्ठका दुई सन्तानमध्ये कान्छो सन्तानका  रुपमा २०५२ मंसिरमा जन्मेका श्रेष्ठले प्रारम्भिक शिक्षा दियालेकै जालपा माविबाट लिएका थिए। माध्यमिक शिक्षा भने खानिभञ्न्याङ्गको सरस्वती माविबाट १२ कक्षा सम्मको अध्ययन सकेका छन्।

साविकको दियाले गाविस अर्थात् चिसंखुगढी गाउँपालिका वडा नं ३ को वडा कार्यलयमा आफ्नो जिम्मेवारी ग्रहण गर्दै,शैक्षिक उन्नयनका लागि पहिलो प्राथमिकता दिएर शैक्षिक गुणस्तरमा जोड दिने, वडामा रहेका हरेक टोलमा सडक निर्माण संगै भएका सडकलाई स्तरोउन्नति गर्दै  लाने प्रतिबद्धता ब्यक्त गरेका छन्। आफूले पदभार सम्हाल्दै उनले यस्तो बताएका हुन्।

शिक्षा शास्त्रमा १२ कक्षा उत्तीर्ण गरेका श्रेष्ठले सँगसँगै १५ महिने सिएमएसमेत पास गरेका छन्। अध्ययन सँगै राजनीतिमा पनि चासो राखे पनि उनी आफूले सक्रिय राजनीति भने नगरेको बताउँछन्।आफूले सक्रिय राजनीति नगरे पनि स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट टिकट पाएपछि २२ वर्षकै उमेर भए पनि चुनाव लड्न उनी तयार भएका थिए।

चुनाव जितेपछि वडाको विकासका निम्ति प्रतिबद्ध भएर काम गर्ने बताउँदै उनले भने, 'वडामा भएका विकृति र विसंगतिलाई अन्त्य गरी शैक्षिकस्तर खस्कँदै गएका कारण पहिलो काम शैक्षिक सुधार गर्ने र वडा हुँदै सिंगो गाँउपालिकालाई स्वस्छ, सफा र सुन्दर बनाउने प्रयासमा लागिपर्नेछु।'

गाउँमा भएको खानेपानीको समस्यालाई जसरी भए पनि समाधान गर्ने उनले बताएका छन्। भन्छन्,  'दियालेलाई खानेपानीको संकटबाट मुक्त गर्न दूधकोसीको पानी पम्पिङ गरी आफ्नो वडा बासीलाई खानेपानी उपलब्ध गराउनका लागि विशेष खालको योजना ल्याउनेछु।'

प्राकृतिक र सांस्कृतिक रुपमा सम्पन्न दियालेलाई पर्यटकीय स्थान बनाउने प्रतिबद्धता देखाउदै उनि भन्छन्, 'ऐतिहासिक तथा सांसकृतिक धरोहर बोकेको कोटगढीसँगै स्थानीय मन्दिरलाई पर्यटन क्षेत्र बनाउँदै कोटगढीलाई व्यवस्थित गर्नेछु।' दुधकोसी किनारमा रहेको उब्जनशील भूमिलाई विशेष प्राथमीकता दिई कृषि पकेटक्षेत्र बनाएर माटो सुहाँदो खेती गर्न कृषकलाई  प्रोत्साहन गर्ने उनको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.