|

पोखरा : पोखराको लेकसाइडबाट अत्याधुनिक हतियार पेस्तोल सहित ८ जना पक्राउ परेका छन्। पोखरा लेखनाथ महानगरपालिका ६ डिहिकोपाटनबाट ग २ च ४१३३ नम्बरको गाडीमा पेस्तोल र गोली सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा तनहुँ दुलेगौंडाका ८ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरिक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

हतियार कहाँबाट किन लिएर आएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए। पक्राउ परेकाहरु जग्गा कारोबारी रहेको प्रहरीले बताएको छ। उनीहरुमध्ये केही यसअघि पनि तनहुँमा हतियार खरखजाना मुद्दामा पक्राउ परेर कारबाही भोगिसकेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.