|

गुल्मी : गुल्मी र बाग्लुङ्ग सिमानास्थित  बडिगाड खोलामा सोमबार दिउँसो भेटिएको महिलाको शव पहिचान भएको छ। खोला किनारमा भेटिएको शव गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१, साबिकको पौदीअमराई की ३५ वर्षिय गीता नेपालीको भएको प्रहरीले जानकारी दियो।

उनको गुल्मीकै साबिक ईस्मा गाविसमा विवाह भएको थियो। उनका १३ वर्षकी एक छोरी तथा ३ भाई छोराहरु छन्। स्थानीयका अनुसार श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी लामो समयदेखि माइती घर नजिकै छाप्रो बनाएर बस्दै आएकी थिइन्।

उनी आइतबार आफ्नी भाउजु सीता नेपालीसँगै खोलापारी निमार्णधीन मोटरेबल पुलमा काम गर्न गएकी थिइन्।  साँझ घर फर्किने क्रममा फोन आएपछि उनी एकछिनमा आउँछु भन्दै भाउजुसँग बसेकी थिइन्। त्यसयता उनी सम्पर्कविहीन रहेको उनका आफन्त बताउँछन्। 

सोमबार स्थानीयले  बडिघाड  नदीमा तैरिएको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानको लागि बागलुङ इलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको टोलीले खोलाबाट शव निकालेको थियो।

शवलाई पोेष्टमार्टमका लागि बाग्लुङ्गको हटिया लगिएको प्रहरीले जनाएको छ। महिलाको शव हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.