|

इलाम : राष्ट्रिय फोटो पत्रकार समूहले ७ सदस्यिय इलाम जिल्ला शाखा गठन गरेको छ। जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम शाखा गठनको घोषणा गरियो।

इलाम शाखाको अध्यक्षमा राजेश पराजुली छन्। राष्ट्रिय फोटो पत्रकार समूह इलाम शाखाको उपाध्यक्षमा हरि गुरुङ, सचिवमा गोपाल दाहाल, सदस्यहरुमा नमीन ढकाल, किरण पौडेल, धमप्रसाद जवेगु, मुना अधिकारी चयन भएका छन्।

कार्यक्रममा केन्द्रीय सचिव प्रदीपराज वन्तले फोटोे पत्रकारीता तथा फोटो पत्रकार समुहको महत्वका विषयमा धारणा राखेका थिए। कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरु सागर श्रेष्ठ, हरिप्रसाद रेग्मी  लगायतको उपस्थिती थियो।

शाखाको सल्लाहकारको रुपमा नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकाल, निर्वतमान अध्यक्ष रोहितचन्द्र भट्टराई र केन्द्रीय पार्षद लक्ष्मी मिश्रलाई चयन गरिएको छ।

नवगठित समितिका पदाधिकारीहरुलाई जिल्ला प्राविधिक कार्यालय इलामका डिभिजन इन्जिनियर ओमराज ढुङगानाले खादा र अविर लगाइ बधाई ज्ञापन गरेका थिए।

इलाम शाखा राष्ट्रिय फोटो पत्रकार समुहको २२ औ शाखा हो। यसअघि सोमबार मात्रै नविन उप्रेतीको अध्यक्षतामा झापामा २१ औं शाखा गठन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.