|

पाल्पा : जिल्लाको तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–२ असनटोलका २५ वर्षीय मेहबुब अली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४ बाहुनडाँडामा दुर्घटनामा परेको थियो। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेपछि चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दियो।

मोटरसाइकल सडकदेखि करिब १ सय मिटर तल खसेको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.