|

काठमाडौं : अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियालाई विश्व समुदायबाट एक्ल्याउन जापान नेपालसम्म आइपुगेको छ। जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडाबारा अहिले नेपालमा छन्।

उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी एउटै आग्रह गरे, 'उत्तर कोरियासँगको आवतजावत रोक्नुस्।'

खासगरी उत्तर कोरियासँगको सम्बन्धलाई लिएर जापानीमन्त्रीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग कुरा गरेका थिए। प्रधानमन्त्री देउवासँगको भेटमा उनले स्पष्ट शब्दमा उत्तर कोरियासँगको व्यापार सहयोग रोक्न आग्रह गरेका थिए।

त्यतिमात्र होइन, जापानी मन्त्री ओडाबाराले उत्तर कोरियामाथि कडा नीति लिनसमेत सुझाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.