|
Photo : agroweb.org

काठमाडौं : प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो।

शेरचनले बिक्री गरेको आरटिसी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भू सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अररो भएपछि अनुसन्धान अघि बढाएको थियो। 

चामल फुट्नुको साटो बल उफ्रिएझैँ उफ्रिएपछि काठमाडौं परिसरले अनुसन्धान अगाडि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो।

काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षणका लागि खाद्य अनुसन्धानमा पठाउने तयारी गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.