|
प्रतीकात्मक तस्विर

रसुवा : राहत लिन सदरमुकाम धुञ्चे पुगेका एक द्वन्द्वप्रभावितको निधन भएको छ। उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका ४५ वर्षीय रथबहादुर गुरुङको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको हो। 

द्वन्द्वकालमातत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएका थिए।  सोमबार आवेदन बुझाएका गुरुङले मङ्गलबार द्वन्द्वपीडितको परिचयपत्र पाउने क्रममा थिए। 

यसै क्रममा अचानक ज्वरो आई अस्पताल पुर्‍याइएका थिए। उनका दाजुभाइले अस्पताल पुर्‍याएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममा गुरुङको निधन भएको जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमले जनाए।उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सक गौतमले बताए। 

गुरुङ विपन्न परिवारका भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोग स्थानीय बासिन्दाले आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.