|

सल्यान : तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको शव बुधबार फेला परेको छ। सल्यान छत्रेश्वरी गाउँपालिका वडा न ४ खर्सुगैराको जंगलमा घर्तीको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहले जानकारी दिए।

राजकुमार श्रेष्ठको शव फेला परेको स्थानदेखि झन्डै १ सय ५० मिटर तलको गुफामा शव फेला परेको प्रहरीले जनाएको छ। बुटवल वस्त्रालयका व्यापारी राजकुमार श्रेष्ठसँगै घर्ती गत जेष्ठ २६ गते अपहरणमा परेका थिए। घर्तीको पनि श्रेष्ठको हत्या गरेकै दिन जेष्ठ २९ मै हत्या भएको अनुमान प्रहरीको छ। श्रेष्ठ र घर्तीको हत्याको आरोपले प्रहरीले १० जनालाई त्रियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.