|

ओखलढुंगा : ओखलढुंगा जिल्लालाई आज बुधबार खुलादिसामुक्त जिल्ला घोषणा गरिँदै छ। खुला दिसामुक्त क्षेत्र घोषणाका लागि जिल्लाले सम्पूर्ण सूचाङ्क पूरा गरेकाले एक भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो। उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा देशको ४१ औं जिल्लाका रुपमा ओखलढुंगालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख कमलराज श्रेष्ठले बताए।

जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणाका लागि समय कम भएकाले आवश्यक तयारीलाई तीव्र रुपमा तयार गरीएको श्रेष्ठको भनाइ छ। एक नगरपालिकासहित आठ गाउँपालिका रहेको ओखलढुंगाका शतप्रतिशत नागरिकहरुले शौचालय प्रयोग गर्ने गरेका छन्।

सोहीअनुसार यसअघि नै साबिकका ५६ वटै गाविस तथा ८ स्थानीय तहका ७५ वटै वडाहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। जिल्लामा २०६४ सालदेखि सञ्चालन भएको खुला दिसामुक्त घोषणा अभियान १० वर्षपछि २०७४ सालमा आएर पूरा भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.