मनोरञ्जन

एक्सनप्रधान प्रेमकथामा 'जोजो' निर्माण हुँदै, सौगात र अर्पण मुख्य भूमिकामा
SHARES

असार २८, २०७४

    काठमाडौं : ‘लप्पन छप्पन’ निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। भट्टले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम 'जोजो' राखिएको छ। 'जोजो'मा नायक सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा रहनेछन्।

    एक्सन लभ स्टोरी भनिएको फिल्ममा सौगात र अर्पणसँगै देबु श्रेष्ठ र नविन शाहको पनि मुख्य भुमिका रहनेछ। चिजकुमार प्रोडक्सन, देवु श्रेष्ठ फिल्मस् र मुकुन्द भट्ट फिल्मसको संयुक्त व्यानरमा निर्माण हुने यस फिल्ममार्फत सिर्जना सिन्हा र फजिल अहमदले डेब्यु गर्दै छन्।

    कार्तिक अन्तिम साताबाट फिल्मको सुटिङ सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मलाई स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, अस्ट्रेलियामा लगायतका ठाँउमा खिचिने निर्देशक मुकुन्द भट्टले बताए।

    ‘जोजो’मा चिजकुमार श्रेष्ठ, देवु श्रेष्ठ र सुवोद भट्टको लगानी रहनेछ। मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतको पटकथा रहने फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र दीपक आरजेको संगीत रहनेछ।

    फिल्मका लागि सिमसम तामाङले सौगात र अर्पणलाई दुई महिनाको विशेष तालिम दिदै‌ंछन्। सौगात र अर्पणले यसअघि ‘बधशाला’, ‘मुखौटा’, ‘लप्पन छप्पन’, ‘छड्के’ र ‘डाइङ क्यान्ड’ लगायतका फिल्ममा एकसाथ काम गरिसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]