|

दाङ : तुलसीपुरमा एक बालकको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। भारतको विहार घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ घोराही रोडस्थित साहीन सिरक डसना पसल गरी बस्ने समिम अन्सारीको छोरा ११ वर्षको सहावुद्धिन अन्सारीको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

हत्या गरेको आरोपमा प्रहरीले सोही सिरक डसना पसलमा काम गर्ने भारत विहार घर भई सोही ठाउँ निवासी वकिल अन्सारी र चाँद खानलाई पक्राउ गरेको छ। आरोपीले कम्प्युटर खोलेर बसिरहेको समयमा मृतक बालक आएर गाली गरेपछि सलले घाँटीमा बेरेर हत्या गरेको बयान दिएको प्रहरीलाई बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.