|

रुपन्देही : नवनिर्वाचित जनप्रतिनिधिहरुले रुपन्देहीलाई औद्योगिक र पर्यटकीय सहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले जिल्लाको भौगोलिक र प्राकृतिक सम्भावनाको सदुपयोग गर्दै मुलुककै उत्कृष्ट सहरको रुपमा विकास गर्न गर्न भूमिका खेल्ने बताए।

रुपन्देही उद्योग संघ बुटवलले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले आर्थिक हिसाबले केन्द्रको रुपमा विकसित हुँदै गएको रुपन्देहीको विकासका लागि एकीकृत कार्यक्रम ल्याउने बताए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गाउँ नगरस्तरीय सञ्जाल गठन गरेर अघि बढ्ने बताए।

यस्तै बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीलगायतले गाउँ र नगरका बीचमा समन्वय गरी एकीकृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, निवर्तमान अध्यक्ष बोनिन पिया, पूर्व अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, महासचिव माधवप्रसाद पौडेललगायतले औद्योगिक क्षेत्रको विकासका लागि जनप्रतिनिधिले एकीकृत कार्यक्रम ल्याउन सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.