|

काठमाडौँ: सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ।

स्व. पाठकको स्मृतिमा उनका एकै व्याचका सहकर्मीद्वारा स्थापित एक लाख ५० हजार रुपैयाँको स्थापना गरिएको अक्षयकोषबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवको अवसर पारेर नेपाल एपीएफ स्कुलमा संगीततर्फ प्रथम हुने एक जना छात्र तथा छात्रालाई सो पुरस्कार प्रदान गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। 

यही असार २८ गते बुधबार सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हलचोकमा आयोजित सो संघको वार्षिकोत्सवमा एक समारोहका बीच  रोकायालाई सो पुरस्कार प्रदान गरिएको हो। 

सशस्त्र प्रहरी बल सि. सं. ७ का सशस्त्र प्रहरी निरीक्षकहरूद्वारा आफ्ना सहकर्मीको सम्झनामा सो संगीत अक्षयकोष स्थापना गरिएको हो । सानैदेखि गीत संगीतमा रुचि राख्ने बहुप्रतिभाका धनी सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकले ‘पंक्षी’ र ‘निद्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याइसकेका थिए।

गीत रचना गर्ने, आफैँ संगीत भर्ने र आफैँ गाउनेसमेत क्षमता राख्ने स्व. पाठकको सांगीतिक प्रतिभालाई अमर राख्नका लागि सो अक्षयकोषको स्थापना गरिएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

स्व. पाठकको कर्तव्य पालनाको सिलसिलामा २०७२ चैत २७ गते धादिङको मलेखुमा सडक दुर्घटना परी निधन भएको थियो। 

संघले पुरस्कार स्थापना गर्न सहयोग गरेवापत सो सि. सं. लाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उक्त सि.सं.को तर्फबाट सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापालाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.