|

ओखलढुंगा : ओखलढुंगाको माथिल्लो भेगका किसानहरु चिराइतोको बजारभाउ नहुँदा चिन्तित भएका छन्। विगतवर्ष जस्तो चिराइतोको बजार भाउ नभएपछि किसानहरु चिन्तित भएका हुन्।

विशेष गरी पहाडी क्षेत्रको मध्यम लेखाली क्षेत्रमा बारीको काल्लामा पछिल्लो समयमा उत्पादन हुँदै आएको चिराइतो खेतीले उचित बजार नपाउँदा किसानहरू चिन्तित देखिएका छन्।

ओखलढुंगाको माथिल्लो भूभाग जन्तरखानी, भुसिंगा, रावादोलु, खिजीफलाटे, रगनी, पोकली, पात्ले र आसपासको क्षेत्रमा पछिल्लो समयमा चिराइतोको उत्पादन बढे पनि गत वर्षको चिराइतोसमेत घरमै थन्काएर राख्नुपरेको पात्लेका चिराइतो कृषक पेम्वा शेर्पाले गुनासो गरे। उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्। विगतमा चिराइतो उखेल्न नपाउँदै ठेकेदारहरु मलाई र तलाई दिनु भन्दै आउँथे गत वर्षदेखि कुरै चल्दैन घरमै राख्नुपरेको छ लिखु गाउँपालिका ९ पोकलीका अर्का कृर्षक तेण्डी शेर्पाले भने।

जिल्ला सदरमुकाममा ओखलढुंगा उद्योग वाणिज्य संघले चिराइतो प्रशोधन केन्द्र स्थापना गरेको भए पनि चिराइतो प्रशोधन केन्द्र प्रयोगविहीन छ। फेरि ओखलढुंगा सदरमुकाममा भएको केन्द्र किसानहरुलाई ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने उखान सिद्ध भएको छ। जिल्लाको पस्चिमी भूभागबाट जिल्ला सदरमुकाम टाढा भएको र अधिकांश स्थानहरु जिल्ला सदरमुकामसँग सडक सञ्‍जालमा नजिडीएका कारण चिराइतो प्रशोधन केन्द्र प्रयोगमा आउन नसकेको उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्के बताउँछन्।

चिराइतोको विभिन्न उपचारको लागि प्रयोग हुने गर्दछ भने प्राथामिक उपचारको लागि घरमा ज्वरो आउँदासमेत यसलाई पकाएर रस लिने पनि गरिएको छ। त्यसैले यसतर्फ सबैले ध्यान दिन जरुरी देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.