|

रुपन्देही : पाल्पाको तिनाउ खोलामा एक महिलाको शव फेला परेको छ। तिनाउ गाउँपालिका–५ जोरधाराको नयाँ बजारस्थित खोलामा शव भेटिएको प्रहरीले जनाएको छ। 

जोरधारा नजिकैको खोलामा भेटिएको शवको सनाखत हुनसकेको छैन। खोलामा भेटिएको शव ढुङ्गाको कापमा रहेकाले निकाल्न समस्या भएको पाल्पा प्रहरीले जनाएको छ।

सोमबार तिनाउ खोलामा बेपत्ता भएको जीपका यात्रुमध्येको शव हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुई महिला र दुई पुरुष तिनाउ खोलाको अम्लिहानबाट बेपत्ता भएका थिए। 

मंगलबार बिहान जिप भेटिएपनि अझै चारजना यात्रु भेटिएका थिएनन्। प्रहरीले सोमबारदेखि नै तीन वटा टोलीले चरचरे, झुम्सालगायतका तिनाउ किनारमा खोजी गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ को सीमानामा पर्ने अम्लिहान पुलबाट लु १ ज १७१२ नम्बरको जिप बाढीले बगाएको थियो। दुर्घटनापछि तानसेन नगरपालिका भुसालडाँडा बस्ने– २६ वर्षीय उषा श्रेष्ठ, माथागढी गाउँपालिका– १ का २३ वर्षीय तिलवीर गाहा, सोही स्थानका ४३ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवर बेपत्ता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.