|

पाल्पा : सोमबार राती तिनाउ खोलाले बगाएर बेपत्ता भएका मध्ये तीनजनाको शव फेला परेको छ। माथागढी गाउँपालिका– १ की ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कवँर मगर र तानसेन नगरपालिका भुसालडाँडा बस्ने– २६ वर्षीय उषा श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेशराज पण्डितले जानकारी दिए।

माया गाहाको शव पाल्पाको जोरधारा स्थित नयाँवजार नजिकैको खोलामा भेटिएको हो भने कवँर र श्रेष्ठको शव रुपन्देहीको पथरीबाट झण्डै ६ किलोमिटर टाढा रहेको दक्षिणतर्फ मर्चबार क्षेत्र स्थित खोलामा फेला परेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।

जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरेपछि आफन्तलाई शव बुझाइने उनले बताए। दुर्घटनामा परेका मायाका श्रीमान् माथागढी गाउँपालिका– १ का ४० वर्षीय तिलबहादुर गाहा अझै बेपत्ता छन्। प्रहरीले उनको खोजी गरेको छ।

सोमबार जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ को सीमानामा पर्ने अम्लिहान पुलबाट लु १ ज १७१२ नम्बरको जिप र सोही जीपमा सवार चार जनालाई बाढीले बगाएको थियो। बिहेभोज खाएर फर्किएका उनीहरुलाई करिब राती १२ वजेतिर तिनाउ खोलाले बगाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.