|

काठमाडौं:  बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइराला एनआईसी एशिया बैंकको ब्राण्ड एम्बेस्डर बनेकी छन्। बुधबार अभिनेत्री कोइराला र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतबीच सम्झौतामा हस्ताक्षर भयो।

ब्राण्ड एम्बेसडर बनेकी कोइराला अब एनआईसी एशिया बैंकको प्रबर्द्धनात्मक कार्यक्रममा देखिनेछन्। बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले कोइरालासँगको तालमेलले बैंकको 'बैंक पनि साथी पनि' भन्ने अभियानलाई सहयोग पुग्ने बताए।

उनले यस सम्झौताले दुबै पक्षलाई सहयोग पुग्ने बताए। त्यस्तै अभिनेत्री कोइरालाले बैंकसँगको सहकार्यले आफू उत्साहित भएको बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.