|

कास्की : पोखरा–लेखनाथ महानगरपालिकाको सहयोगमा स्थापना भएको नेपाल पत्रकार महासंघ कास्की शाखाले मिडिया सेन्टर उद्घाटन गरेको छ। 

मिडिया सेन्टर स्थापनाका लागि पोखरा–लेखनाथ महानगरपालिकाले महासंघलाई ८ ओटा कम्प्युटर, ८ वटा टेबुल, प्रिन्टर लगायत ८ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। मिडिया सेन्टरको उद्घाटन महानगर प्रमुख मानबहादुर जिसीले गरे। उद्घाटपछि आयोजित कार्यक्रममा उनले पत्रकार उपचार कोषको लागि पहल गर्ने बताए। 

कार्यक्रममा अतिथि बनेर आएका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले निकै आक्रोशित देखिए। उनले पत्रकार महासंघलाई भिखारी भन्न समेत भ्याए। पालिखेले पत्रकार महासंघको लागि ५० प्रतिशत छुटमा नेट दिने घोषणा पनि गरे। उनले ५० प्रतिशत रकम जम्मा गर्न पत्रकार महासंघलाई आग्रह गरे

कार्यक्रममा उपस्थित पत्रकारहरुले उनको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन्। पालिखेको अभिव्यक्ति पत्रकारको अपमान हुने गरी आएको भन्दै कार्यक्रम सकिएपछि पत्रकारहरुले महासंघको प्राङ्गणमा विरोध गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.