|

गुल्मी : गुल्मी र बाग्लुङ्ग सिमानामा पर्ने बडिगाड  खोलामा सोमबार दिउँसो मृत अवस्थामा  भेटिएकी गिता नेपालीको हत्या आशंकामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। 

बाग्लुङ्ग जिल्ला बडीगाड गाउँपालिकाका २ सक्नेरका २० वर्षका हिराबहादुर मगरलाई खर्बाङ प्रहरी चौकीले नियन्त्रणमा लिएर हरिचौर इलाका प्रहरी कार्यालय पठाएको प्रहरी स्रोतले जानकारी दियो। 

खर्वाङबाट प्रनानि भोजबहादुर बानियाँको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या गरेको हुन सक्ने आशंकामा अभियुक्त मगरलाई निजको घरबाटै पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए। प्रहरी निजको घरमा पुगेपछि उनका बाबुले चार–पाँच दिनदेखि छोरालाई घरमा नदेखेको बताएका थिए। त्यसपछि घरमा खानतलासी गर्न लाग्दा अभियुक्त मगर भाग्दै गरेको अवस्थामा पक्राउ परेको स्थानीयले बताए। 

घटनाका दिन अभियुक्त मगर, मृतक गीता नेपाली र उनकी भाउजु सीता नेपालीले राति ८ बजेसम्म एकसाथ बसेर बियर  सेवन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। 

यसअघि भाउजु सीताले गिता फोनमा व्यस्त भएका कारण उनलाई छाडेर एक्लै घर फर्किएको बयान दिएकी थिइन्। तर अहिले ३ जनासँगै बसेर राति ८ बजेसम्म मदिरा सेवन गरेको जानकारी बाहिर आएपछि घटना रहस्यमय बनेको स्थानीयको भनाइ छ। हत्याकाण्डमा क– कसको संलग्नता थियो र के कारणले हत्या भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.