|

काठमाडौं : तराई मधेसकेन्द्रित ६ वटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले भारतसहित चीनलाई पनि उत्तिकै महत्व दिने नीति लिएको छ। पूर्ववर्ती छवि र चरित्र बदल्ने संकेत देखाएको राजपाले दक्षिणी छिमेकी भारतका साथै चीनलाई पनि उत्तिकै महत्व दिनुपर्ने भन्दै आफ्नो परराष्ट्र नीति सार्वजनिक गरेको छ।

निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमा नै चीनका बारेमा पहिलोपटक औपचारिक धारणा राखेर नजिक हुने संकेत देखाइएको हो। 'छिमेकी मित्रराष्ट्र भारतसँगको प्राकृतिक, सांस्कृतिक एवम् विशेष सम्बन्धलाई अझ उच्च र व्यवहारिक बनाइनुपर्ने पक्षमा यो पार्टी रहेको छ,' राजपाले परराष्ट्र सम्बन्धबारे उल्लेख गरेको छ, 'साथै मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई पनि अझ व्यवहारिक बनाइनु पर्ने पक्षमा यो पार्टी छ।'

विश्व व्यापार संगठनसहित अन्य अन्तर्राष्ट्रिय संगठनद्वारा अल्पविकसित देशहरुलाई दिइने सहुलियत र छुटको सदुपयोग एवम् विदेशी सहायताको उपयोगसम्बन्धी नीतिलाई समुचित कार्यान्वयन गर्ने पनि राजपाले जनाएको छ।

नेपाल सरकारले गरेका सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको स्वामित्व लिने प्रतिबद्धता जनाउँदै राजपाले राष्ट्रिष तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाईसमेत प्रोत्साहन गर्ने नीति लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.