|

लहान : घरमा कोही नभएको मौका छोपेर नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिकाको ग्रामीण क्षेत्रका एक युवकलाई पक्राउ गरेको छ।

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान– १२ का २६ वर्षीय गुदर सदायलाई पक्राउ गरको प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।

सदाले बालिकालाई बुधबार बिहान बालिकालाई  दुर्व्यवहार गरेको जाहेरी परिवारले दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको पाण्डेले बताए। लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.