|

जुम्ला : कर्णालीका पाँच जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्ला गरेर १०९ सहकारी सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। डिभिजन सहकारी कार्यालय जुम्लाले वार्षिक प्रगति समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरेको हो।

कर्णालीका ६६९ सहकारीमध्ये १०९ सहकारी महिलाले सञ्चालन गरेको सहकारी अधिकृत जमुना मिश्रले जानकारी दिइन्। महिलाले सञ्चालन गरेको सहकारीहरुमा बचत तथा ऋण ६४, बहुउद्देश्यीय २५, कृषि १८ र अन्य २ छन्। उनले भनिन्, ‘आर्थिक अनुशासनका हिसाबले पुरुषहरुले सञ्चालन गरेको भन्दा महिलाद्वारा सञ्चालित सहकारीको व्यवस्थापन राम्रो छ, तर उनीहरुको क्षमता विकास गर्नुपर्दछ।’

अनुदान, सहुलियत र कार्यक्रम पाउने हिसाबले सहकारी संस्था दर्ता गर्ने प्रवृत्ति बढेकाले धेरै सहकारीहरु निस्क्रिय रहेको उनको भनाइ थियो। डिभिजन कार्यालय अन्तर्गतका ७ सहकारीलाई जरिवना गराएर सक्रिय गरिएको सो अवसरमा जानकारी दिइयो।

तथ्याङ्कअनुसार यसवर्ष सहकारी संस्थाको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमबाट १ हजार ८ सय ६८ जना सहकारी सदस्यहरुले लाभ लिएको पनि उनले जानकारी दिइन्। त्यसको साथै आ.व.०७३/०७४ मा साधारण खर्च ९५.९५ र सहकारी क्षेत्र सुदृढीकरणमा ९६.७२ गरी औसतमा ९६.२५ प्रतिशत प्रगति भएको डिभिजन सहकारी कार्यालयले जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.