|

हुम्ला : जिल्लाका ३१ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई असल छिमेकी नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ।

असल छिमेकी नेपाल हुम्लाका परियोजना संयोजक क्याम्मा लामाले प्रावि,निमावि र मावि गरी ३१ विद्यालयका १ हजार ६ सय ८९ जान विद्यार्थीहरुलाई स्टशेनरी र कापीकलम हस्तान्तरण गरे।

पछिल्लो समयमा हुम्लाका अधिकांश गाउँपालिकामा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि यस संस्थाले शैक्षिक सामग्री वितरण गर्दै आएको छ। त्यस्तै विद्यालयको भौतिक निर्माणमा समेत संस्थाले सहयोग गर्दै आएको छ।

अगामी दिनमा पनि अध्ययनरत र्दुगम पिछडिएका र दलित  बालबालिकाहरूलाई कापीकलम वितरण गर्ने  असल छिमेकी नेपाल हुम्लाले बताएको छ।

आर्थिक अभावका कारण विद्यालय जान नसकेका  विद्यार्थीहरुलाई लक्षित गर्दे शैक्षिक कार्यक्रम संचालन गरिएको संयोजक लामाले बताए।

रामदेव माविका शिक्षक चन्द्रशेखर बोहराले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा उत्साह थपेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.