|

काठमाडौँ: आज २०४औं भानुजयन्तीको अवसरमा राजधानी काठमाडौँमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।

वाग्द्वार साहित्य समाज, बूढानीलकण्ठ तथा नागरिक समाज काठमाडौं क्षेत्र नं. ४ र ५, भानु प्रतिष्ठान र गणेश उच्चमावि चपली, हात्तीगौंडामा बिहीबार दुई पृथक कार्यक्रम सम्पन्न भए।

गणेश उच्च माविमा स्थलगत कविता लेखन तथा वाचन कार्यक्रमको आयोजना गरियो। प्राज्ञ वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शशिकला रिमाल, मुकुन्द शर्मा, शान्ति तामाङ, सुधा थापा, ध्रुव खनाल, सुभद्रा भट्टराई, राधिका खनाल, ऋषभदेव घिमिरे, डी.पी. अर्याल, नरप्रसाद धिताललगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा ११ स्रष्टाले स्थलगत कविता लेखेर वाचन गरेका थिए। उत्कृष्ट पाँच जनालाई नगद तथा प्रमाणपत्र र साहित्यिक किताबहरू प्रमुख अतिथि वियोगी बुढाथोकी, सुभद्रा खड्का, मीनकाजी श्रेष्ठ, ऋषभदेव घिमिरे र डी.पी. अर्यालले प्रदान गरेका थिए। 

यसरी नै वाग्द्वार साहित्यिक समाजले आयोजना गरेको कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो। उनलाई प्राज्ञ वियोगी बुढाथोकी, श्याम संकल्प र बालकृष्ण श्रेष्ठले संयुक्त रूपमा सम्मान गरेका थिए। 

सो कार्यक्रममा कविहरू दुर्गालाल श्रेष्ठ, प्राज्ञ बुढाथोकी, पुष्पा धमला, रुद्र अधिकारी, श्याम दुलाल अश्रु, महादेव अधिकारी, यादवराज घले, विना थिङ, सफल सुरज, भुवन शिवाकोटी, श्रीश भण्डारी, विकास तामाङ, उत्तम रिजाल, नरप्रसाद धिताल, बद्री दुलाल, कुश गुरागाईं, राम लामा, नारायण दुलाललगायतले आआफ्ना रचना वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.