अपेक्षित रुपमा पुनर्निर्माणले गति लिन सकेन

|

  • मनाेज भट्टराई-

ओखलढुंगा : ओखलढुंगामा भूकम्पपछि सरकाले सर्वेक्षण गरेको कुल लाभग्राहीको सख्या २० हजार १ सय ६५ परिवार रहेका छन्। त्यसमध्ये पहिलो किस्ताका लागि अनुदान सम्झौता भएका १८ हजार ७ सय ३५ घरधुरीमध्ये १८ हजार ६ सय ८० जनाले पहिलो किस्ता बापतको ५० हजार रकम बुझिसकेका छन्। पहिलो किस्ता अनुदान रकम पाउनुभन्दा अगाडि नै मापदण्ड अनुसारको स्थाई आवास निर्माण गरिसकेका भूकम्पपीडितले भने अझै दोस्रो किस्ताको रकम पाउन नसकेको पीडितहरुको गुनासो छ। 

हामीलाई दोस्रो किस्ता कहिले?

जिल्लाको पश्चिमी भूभागमा पर्ने लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र खिजिदेम्वा गाउँपालिकामा राज्यले उपलब्ध गराएको पहिलो किस्ता बापतको रकम पाउनुभन्दा पहिला नै स्थानीयले स्थाई आवास निर्माण गरिसकेका भए पनि आजसम्म दोस्रो किस्ताको रकम नपाएको भूकम्पपीडितहरुको गुनासो छ। ‘०७३ पुसमै आपूmले घर निर्माण गरिसकेको तर आजसम्म दोस्रो किस्ता पाइएको छैन।’ गाम्नाङटारका कृष्ण भट्टराईले गुनासो गरे। स्थानीय तह निर्वाचनमा जननिर्वाचित जनप्रतिनिधिहरुले चुनावअघि यी समस्याको सम्बोधन गर्ने बताएका कारण अब केही छिटो हुन्छ कि भन्ने आशामा रहेको लिखु ४ यसमका केशव बस्नेतले बताए।

त्यस्तै, खिजीदेम्वा गाउँपालिका रंगनीका पुष्कर गौतमले पनि गत साल नै आपूm बस्नका लागि राज्यले तोकेको मापदण्डअनुसारको घर बनाए पहिलो किस्ता वापतको रकम उनीँंगै सबैले गाउँमै लिए तर दास्रोे किस्ता बापतको रकम अझै नपाएको उनको गुनासो छ। ‘ऋण खोजेर घर बनाइयो, प्राविधिकले दोस्रो किस्ताका लागि भनेर फारम भरेर गएको पनि लामै समय भयो तर दोस्रो किस्ता रकम अझै पाइएको छैन, साहुलाई ब्याज कसरी तिने भनेर चिन्ता लागिरहेको छ’ उनले दुखेसो पोखे।

भट्टराई, बस्नेत र गौतम त उदाहरण पात्र मात्रै हुन् ओखलढुंगाका पश्चिमी भूभागका सयौं भूकम्पपीडितहरु यो समस्या झेलिरहेका छन्। कतिपयले त राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा पटक–पटक पुगेर जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो व्यक्त गर्दछन्। भुकम्प प्रभावित स्थानीयको गुनासोका विषयमा खिजिदेम्वा गाउँपालिकाका प्रमुख वेदबहादुर रोकाले किन र कसका कारण दोस्रो किस्ता अनुदान ढिला भएको हो त्यो बुझी  सुनुवाइ गरिने बताए।

दोस्रो किस्ता पाउनेको संख्या न्यून, तेस्रो किस्ता पाउने २ जना मात्र

ओखलढुंगाका भूकम्प प्रभावितमध्ये अहिलेसम्ममा ३ हजार ४ सय बढीले दोस्रो किस्ताबापतको रकम लिएका छन्। भूकम्पपछि पुनर्निमार्णमा जुटेका लाभग्राहीमध्ये ३ हजार ७ सय ९४ जनाले दोस्रो किस्ताका लागि आवेदन दिएकोमा ३ हजार ४ सय ६ जनाले मात्र दोस्रो किस्ता बापतको रकम बुझेको जिल्ला समन्वय समिति ओखलढुंगाले जनाएको छ। तीमध्ये दुईजनाले भने तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन्।

स्थाई आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम लिइसकेका लाभग्राहीहरुले समेत विभिन्न बाहानामा घर निर्माण सुरु नगर्दा दोस्रो किस्ता पाउनेको संख्या न्यून देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए। भूकम्प प्रभावितले दोस्रो किस्ता पाउनका लागि ढिलासुस्तीका विषयमा उनले कतिपय स्थानमा नेटवर्कको समस्याका कारण पनि समस्या सामधानमा लामो समय लागेको बताए।   

अब पहिलो किस्ताका वितरणका लागि १० हजार ८४ जनाँंग अनुदान सम्झौता गर्न बाँकी रहेको जिल्ला समन्वय समितिका कम्प्युटर अपरेटर पदम परियारले बताए। यी नागरिकहरु वैदेशिक रोजगारीका लागि विभिन्न स्थानमा रहेकाले अनुदान सम्झौतामा नआएको उनको भनाइ छ।

पुनर्निर्माणका लागि विभिन्न शीर्षकमा गुनासो फारम भर्नेहरुको सख्या पनि उत्तिकै रहेको छ। अहिलेसम्ममा ८ हजार १९ जनाले गुनासो फारम दर्ता गराएको तथ्याकंमा उल्लेख छ। तीमध्ये ३ सय ४६ जनाको गुनासो भने फस्र्योट भइसकेको छ। यसैबीच नागरिकहरुले समयमै घर निर्माण नगर्दा यो वर्ष पनि टहरोमै बिताउनुपर्ने बाध्यता देखिएको छ। जिल्लामा अपेक्षित रुपमा पुनर्निर्माणले गति लिन नसकेको सरोकारवालाको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.