एक करोड दश लाख जरिवाना असुल्न बाँकी

|

बैतडी : जिल्ला अदालत बैतडीमा आर्थिक वर्ष २०७३\०७४ मा परेका ८३ मध्ये ७५ मुद्दा फर्छ्योटभएका छन्। आर्थिक वर्ष २०७२\०७३ मा फर्छ्र्योट हुन बाँकी रहेका १० थान र यो आर्थिक वर्षमा ७३ मुद्दा दर्ता भएको जिल्ला जिल्ला न्ययाधिश ध्रुवकुमार शाहले बताए। 

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला अदालतले अझै ८ मुद्दाको फैसला हुन बाँकी रहेको जानकारी गराएको हो। यसअघि गत वर्ष आर्थिक वर्षमा ८८ प्रतिशत मुद्दा फर्छ्योट भएका थिए। 

पत्रकार सम्मेलनमा जिल्ला न्यायाधिस धु्रवकुमार शाहले जनतालाई छिटो छरितो न्याय दिन अदालत सक्रिय रुपमा लागेको बताए। ‘जनतालाई छिटो छरितो न्याय दिन जिल्ला अदालत सक्रिय रुपमा खटिएकाले फैसला हुने प्रतिशत प्रत्येक वर्ष बढेको छ ।’ न्यायाधिस शाहले भने।

यो बर्ष सबैभन्दा बढी अंश ३३ थान मुद्दा परेका छन्। जसमध्ये २९ मुद्दा फर्छ्योटभएका छन् भने  ४ मुद्दा बाँकी छन्। यस्तै सम्बन्ध विच्छेदमा परेका १० मुद्दा पनि फर्छ्योटभैसकेका छन्। जग्गा खिचोलाका ६, जबर्जस्ती करणीका ५, गाली–बेइज्जतीका ५, लुटपाट, सवारी, ज्यान र लेनदेनका ४–४, लागुऔषध र चोरी सम्बन्धी २–२ मुद्दा परेका छन्। 

बहुविवाह, अवैध गर्भपतन, वन पैदवार, ज्यान मार्ने उद्योग, सरकारी छाप किर्ते, कर्तव्य ज्यान, समुह दर्ता गरी पाउँ शीर्षकमा १–१ मुद्दा दर्ता भएका छन्। यस्तै अदालतमा एक रिट पनि दर्ता भएको छ। 

अदालतले यसवर्ष २ लाख ६७ हजार १२७ रुपैयाँ जरीवाना असुल गरेको जानकारी दिएको छ। अदालतले अझै १ करोड दश लाख ५८ हजार ५५० रुपैयाँ जरिवान असुल्न बाँकी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.