बैतडी : बैतडी सर्पको टोकाईबाट शुक्रबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। पाटन नगरपालिका ६ टुडिगैरकी ५५ वर्षीया गोमती विष्टको सर्पको टोकाईबाट मृत्यु भएको हो।
बिहान करिब ७ बजे खेतमा धान गोड्ने क्रममा उनलाई सर्पले टोककोे थियो। उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक हरिओम खड्काले बताए। अस्पताल लग्दै गर्दा बिहान ११ बजे उनको मृत्यु भएको खड्काले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।