|

काठमाडौँ: फोटो जर्नालिस्ट क्लबले 'जर्नालिज्म एण्ड सेफ्टी' विषयमा फोटो प्रदर्शनीको अायोजना गरेको छ। प्रदर्शनी असार ३० र ३१ गते बबरमहलको कला परिषदको प्रदर्शन कक्षमा भइरहेको छ।

उक्त प्रदर्शनीको सभामुख अोनसरी घर्तीमगरले एक अौपचारिक कार्यक्रम गरी शुक्रबार उद्घाटन गरेकी हुन्। 

प्रदर्शनीको मुख्य उद्देश्य फोटो पत्रकारले जोखिमपूर्ण अवस्थामा कसरी काम गर्नु परिरहेको छ भन्ने कुराको सम्बन्धित नीति निर्माण गर्ने निकाय, मिडिया हाउस, सर्वसाधाण र फोटो पत्रकारलाई जानकारी होस् भन्ने रहेको आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीमा ४५ वटा फोटो राखिएको छ, जसमा कसरी र कस्तो जोखिम अवस्थामा फोटो पत्रकारहरूले अाफ्नो जिम्वेवारी निर्वाह गर्नु परिरहेको छ भन्ने देखाइएको छ।

प्रदर्शनी र कार्यक्रमका केही फोटाहरू हेर्नुहोस्

s

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.