|

काठमाडौँ: एम्को व्याट्रीका थप चार मोडेलका व्याट्रीहरू नेपाली बजारमा भित्र्याइएको छ। नेपालका लागि एम्को व्याट्रीको अधिकृत बिक्रेता बौद्ध इन्टरप्राइजेज प्रालिले सवारी साधनमा आवश्‍यक पर्ने यी व्याट्री नेपाली बजारमा भित्र्याएको हो।

एम्को माक्सलास्ट, एम्को सुपरस्टार, एम्को अल्ट्रालाइफ र एम्को नेक्स जेन मोडलका व्यट्रीहरू शुक्रबार नेपालमा सार्वजनिक गरिएको हो। यी व्याट्रीहरूको आधिकारिक बिक्रेता बौद्ध इन्टरप्राइजले ३० महिनाको ग्यारेन्टीसमेत दिएको छ।

नेपालमा अन्य व्याट्रीहरूलाई १८ महिना,२४ महिनाको वारेन्टी दिइने र पछि वारेन्टीअनुसार नबनाइदिने भएको बताउँदै बौद्ध इन्टरप्राइजेजका कार्यकारी अध्यक्ष विराज ज्ञवालीले भने, 'हामी तीस महिनासम्म जहिले लिए पनि अर्को तीस महिनालाई बिग्रिएका व्याट्री राखेर अर्को व्याट्री दिन्छौँ।'

एम्कोले होन्डा, टिभिएस, हिरो, सुजुकी, रोयललगायतका सवारी साधनमा प्रयोग हुने व्याट्री ६० वर्षदेखि निर्माण गर्दै आएको छ। यसका साथै यी व्याट्रीको विषयमा नेपाली प्रयोगकर्तालाई जानकारी गराउने बौद्ध इन्टरप्राइजले मोवाइल एपसमेत सञ्चालनमा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.