|

नवलपरासी : कांग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधिको अवरोधका कारण नवलपरासीको कावासोती नगरपालिकाको शुक्रबार हुने भनिएको प्रथम नगरसभा स्थगित भएको छ। नीति तथा कार्यक्रम प्रति असन्तुष्ट्रि जनाउँदै आएका ९ ओटा वडाका वडाध्यक्ष र सदस्यले सभा प्रतिकार गरेपछि नगरप्रमुख चन्द्राकुमारी पुनले यसअघि पनि पटक–पटक सभा स्थगित गर्दै आएकी छिन्। 

शुक्रबारको अवरोधपछि अब पुनले शनिबार बिहान १० बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिइन्। उपप्रमुख प्रेम शंकर मर्दनियाले आर्थिक वर्ष ७४ ÷७५ का लागि नीती तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा कांग्रेस र माओवादीका प्रतिनिधिले अवरोध गरेका थिए। 

पुँजीगत बजेट मात्र वडामा पठाउने र लक्षित वर्गको बजेट केन्द्रबाट नै विनियोजन गर्ने शैलीका कारण वडाको अधिकार कटौती भएकाले बाध्य भएर अवरोध गर्नुपरेको वडा नम्बर ३ का वडाध्यक्ष अमृत श्रेष्ठले बताए। ‘हामीले यसरी हुँदैन। छलफलबाट निकास निकालौं भनेका थियौं। तर उहाँहरु मान्नु भएन। जसका कारण अवरोध गर्नुपर्‍‍यो,’ उनले भने। 

विषयगत समिति गठन गर्दा समेत बहुमतको दम्भमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले एकलौटी निर्णय गरेकाले  अन्य दलका जनप्रतिनिधिले विरोध जनाउदै आएका छन्। नगरप्रमुख पुनले केही असन्तुष्टी भएपनि छलफलबाट त्यसलाई निष्कर्षमा पुर्‍‍याउने बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.