|

काठमाडौं : करोडौ मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका विलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ।

निर्वाचनपछि करोडौंका गाडी खरिद गर्दै आएको आयोगले यसपटक पनि प्रमुख आयुक्त र चार आयुक्तका लागि कार खरिद प्रक्रिया अघि बढाएको हो।
संसद्बबाट आर्थिक वर्ष २०७४\o७५ को बजेट पारित भएकै भोलिपल्ट शुक्रबार आयोगले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशन गरी पाँचवटा एसयुभी (स्पोटर्स युटिलिटी भइकल) कार खरिदका लागि बोलपत्र आह्वान गरेको छ। एसयुभी सुरक्षित र अत्याधुनिक गाडी मानिन्छ। एउटा एसयुभी कारको मूल्य दुई करोड ३० लाखदेखि साढे तीन कसरोड रुपैयाँसम्म पर्छ।

यसअघि गाडी किन्ने विषयमा आयोगका सचिव गोपीनाथ मैनालीले असहमति जनाएपछि उनको सरुवा गरिएको थियो। सरुवा प्रकरणबाट आलोचित भएपछि त्यतिबेला आयोगले गाडी खरिदको काम स्थगन गरेको थियो। प्रमुख आयुक्त र आयुक्तहरूले गाडी किन्ने प्रक्रिया अघि बढाउन दिएको दबाब नमान्दा आफूलाई सरुवा गरेको मैनालीले बताएका थिए।

आयोगका पदाधिकारीले निर्वाचन सामग्रीमा राखेर विनाप्रतिस्पर्धा पाँचवटा प्राडो किन्न तत्कालीन सचिव मैनालीलाई दबाब दिएका थिए। त्यसमा मैनालीले असहमति देखाएपछि प्रमुख आयुक्त र आयुक्तहरूको दबाबमा असार १० गते उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो।

आयोगले निर्वाचनपिच्छे गाडी किन्दै आएको छ। २०६४ सालमा भएको संविधानसभा निर्वाचनताका १ करोड १५ लाख रुपैयाँका दरले आयोगका पदाधिकारीलाई ५ वटा ल्याण्ड क्रुजर गाडी किनिएको थियो। २०७० माभएको निर्वाचनमा पनि चारवटा ल्याण्ड क्रुजर खरिद गरिएको थियो। सोही समयमा आयोगका क्षेत्रीय कार्यालयका लागि भन्दै ५ वटा स्कार्पियो गाडी किनिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • teti paisama ta kishanlai sichai ko bewasta milauda Auta gaupalika ma 100,00,000 / barsa aamdani hune hunxa